दफा ४३
नेटवर्क सेवा प्रदान गर्नेले दायित्व व्यहोर्नु नपर्ने
दफा ४२ मा जुनसुकै कुरा लेखिएको भए तापनि नेटवर्क सेवा प्रदान गर्नेले विद्युतीय स्वरुपमा उपलब्ध गराएको तेस्रो पक्षको सूचना वा तथ्याङ्कको सम्बन्धमा त्यस्तो सूचना वा तथ्याङ्कमा पहुँच उपलब्ध गराएको कारणबाट मात्र सो सूचना वा तथ्याङ्कमा उल्लेख वा समावेश भएको कुनै तथ्य वा विवरणको सम्बन्धमा उत्पन्न हुने कुनै फौजदारी वा देवानी दायित्व व्यहोर्नु पर्ने छैन ।
तर सो सूचना वा तथ्याङ्कमा उल्लेख वा समावेश भएको कुनै तथ्य वा विवरणले यो ऐन वा यस ऐन अन्तर्गत बनेको कुनै नियमको उल्लंघन गरेको छ भन्ने जानी–जानी त्यस्तो सूचना वा तथ्याङ्कमा पहुँच उपलब्ध गराउने नेटवर्क सेवा प्रदान गर्ने व्यक्ति वा संस्था त्यस्तो दायित्वबाट मुक्त हुने छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “तेस्रो पक्ष” भन्नाले नेटवर्क सेवा प्रदान गर्नेले मध्यस्थकर्ताको रुपमा सेवा उपलब्ध गराएको र नेटवर्क सेवा प्रदान गर्नेकोे कुनै नियन्त्रण नभएको व्यक्ति सम्झनु पर्छ ।